वि.सं. २०७२ असोज ३ मा नेपालको संविधान लागू भए पश्चात देशमा सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहेको छ। स्वीकृत कार्य विभाजन नियमावली अनुसार विभिन्न क्षेत्रहरुमा तीनवटै तहका सरकारहरुले गर्ने कार्य छुट्याइएको छ। सोही नियमावली बमोजिम यस सुदूरपश्चिम प्रदेश अन्तर्गतका कैलाली र कन्चनपुर जिल्लाहरुमा विभिन्न यातायात, भवन, आवास तथा शहरी विकास सम्वन्धी भौतिक पूर्वाधार संरचनाहरुको योजना तर्जुमा, स्वीकृति सहित आवश्यक विभिन्न नीतिगत व्यवस्था तथा अध्ययन अनुसन्धानका कार्यहरु गर्न यस कार्यालयको स्थापना भएको छ। यसका अतिरिक्त योजना निर्माण, सञ्चालन तथा मर्मत सम्भार लगायतका कार्यहरु यस कार्यालयबाट हुने परिकल्पना गरिएको छ। साथै सुदूरपश्चिम प्रदेश सरकारबाट २०७५ सालमा शहरी विकास तथा भवन कार्यालय धनगढी, कैलाली गठन संरचना सहित कार्यालय स्थापना भएको छ।